७१ जिल्लामा कोरोनाको संक्रमण हुदा ३४ सय ४८ पुष्टि

नेपाल ७१ जिल्लामा कोरोना संक्रमण देखिएको छ । आईतबार प्रदेश ५ को रोल्पामा पनि कोरोना संक्रमित पुष्टि भएका छन् ।
आइतबार मात्र २१३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २१३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिनुभयो ।  उहाले भन्नुभयो,संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू हुन्। 
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ। तीमध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना डिस्चार्ज्ड भएका छन्। अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।    
आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । 
हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।
यसबिच,दाङमा आईतबार थप २ जना र रोल्पाका ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका १९ का २४ वर्षीय र लमही नगरपालिका ५का २७ वर्षीय गरेर दुई पुरुषमा कोरोना पुष्टि भएको हो । यो सहित दाङमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ ।
रोल्पामा पहिलो पटक कोरोना पुष्टि भएको छ । प्रदेश नं ५ को रोल्पामा अहिलेसम्म कोरोना पोजिटिभ देखिएको थिएन । रोल्पा नगरपालिका ६ सुलीचौरका एकजना, सुलील स्मृती गाउँपालिकाका दुईजनामा कोरोजा पोजिटिभ देखिएको छ ।
भेरी अस्पतालको प्रगोगशालामा गरिएको परीक्षणमा दुईजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा एकजना गरी तीनजनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।  कोरोना संक्रमण भएका २०,२२ र २७ वर्षका पुरुष हुन्।
                               
                         निको भएर जाने क्रम पनि बढदै 
बुटवल र दाङका दुई आइसोलेसन सेन्टरबाट १९ जना कोरोना संक्रमित डिस्जार्च भएका छन् ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट बाँकेका पाँच, दाङका दुई, कपिलवस्तुका दुई र बर्दियाका एकजना उपचारपछि निको भएर घर फर्किएका छन् । 
१४ दिन आइसोलेसनमा बसेपछि ५ जनाको पीसीआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको र अन्य पाँचजनामा कुनै लक्षण नै नदेखिएकाले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका डाक्टर सर्बेश शर्माले जानकारी दिनुभयो । सो अस्पतालमा अब ४५ जना संक्रमित उपचाररत रहेको र उनिहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उता,एन्फा एकेडेमीको आइसोलेसन सेन्टर बुटवलबाट ९ जना र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित कोरोना निको भएर आइतबार डिस्चार्ज भएका हुन् ।
एन्फा एकेडेमी भवनको आइसोलेसनमा जेठ ११ गतेदेखि रहेका कपिलवस्तु बांणगंगा नगरपालिकाका ८ वर्षीया बालिका र १९ वर्षदेखि ५३ वर्ष उमेरका ७ जना पुरुष गरी ८ जना तथा रुपन्देहीको गैडहवाका २८ वर्षीय पुरुष डिस्चार्ज भएको लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले जानकारी दिनुभयो । 
४१ जना उपचाररत रहेका मध्ये ९ जनाको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको डा. तिवारीले बताउनुभयो । अब एन्फा एकेडेमीको आइसोलेसनमा ३२ जना संक्रमित उपचाररत छन् ।
सयसँगै प्रदेश ५ मा हालसम्म उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या १ सय ४३ पुगेको छ । प्रदेश ५ मा ८ सय ६० जना कोारेना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

प्रतिकृया दिनुहोस