शान्ति समाजले गर्यो सरसफाई

५ जुन अर्थात बिश्व बातावरण दिबशका अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले रक्त सञ्चार केन्द्र तुलसीपुर  र राप्ती  प्रादेशिक अस्पतालको हाता बाहिर झाडी सरसफाई गरेको छ । शान्ती समाजको आजको सरसफाई कार्यक्रम  शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा भएको हो । त्यस अवसरमा शान्ति समाजका केन्द्रिय महासचिव सुशील बस्नेत, शाखाका पुर्ब सभापति निर्मल नेपाली र सुरेश श्रेष्ठ , सामाजिक अभियान्ता टोपबहादुर महतरा, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनीले पर्यावरण दिवसको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचीव निर्मला डाङी योगीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस