थप १५ जना सहित दाङमा कोरोना संक्रमितको संख्या ७३  पुग्यो

तुलसीपुर, २२ जेठ । प्रदेश नं. ५ मा कोरोनाका कारण आज थप एकजनाको ज्यान गएको छ । पाल्पामा गत २० गते मृत्यु भएका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै प्रदेश नं. ५ मा मात्रै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । मृत्यु भएका चार जनामध्ये तीन जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो एकजना समेत गरि हाल सम्म नेपालमा कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।  
यसैबीच बिहीवारमात्र प्रदेश ५ मा १०८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी बाँकेका रहेका छन्। बाँकेमा हिजोमात्र ४२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै कपिलवस्तुमा २९, रुपन्देहीमा १९ जनामा संक्रमण पुष्टि भएको छ।  त्यस्तै नवलपरासी पश्चिममा हिजो २ जनामा संक्रमण पुष्टि भएको छ।  त्यस्तै दाङमा  बिहीबार थप १५ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर बिधिवाट गरिएको परिक्षणमा ३ गाउँपालिका र घोराही नगरका गरि १५ जना नयाँ संक्रमित थपिएका हुन ।

संक्रमित मध्य बबई गाउँपालिका डा नं. ५ का १९ बर्षीय एक युबा, राजपुर गाउँपालिकाका वडा नं. २, ३ र ४ का ३ जना पुरुष, बंगलाचुली गाउँपालिका वडा नं। ३ र ४ का ६ जना र घोराही उपमहानगरपालिका वडा नं २ र ९ का ५ जना गरि १५ जना नयाँ संक्रमित फेला परेका हुन । संक्रमितहरु १६ वर्षदेखि ३६ वर्षसम्म उमेर समुहका छन् । त्यसमध्य बंगलाचुली गाउँपालिकाकी २३ बर्षीया महिलामा पनि संक्रमन देखिएको छ ।

नयाँ फेला परेका संक्रमित सबै छिमेकी देश भारतका बिभिन्न स्थानाट आएर स्थानीय पालिकाहरुले निर्माण गरेका क्बारेन्टिनहरुमा बस्दै आएकाहरु हुन । दाङका कोरोना फोकल पर्सन कमल चन्दले बिहीबारसम्म जिल्लामा संक्रमितको संख्या ७३ जना पुगेको जानकारी दिए । प्रदेश ५ मा कोरोना संक्रमण पुष्टि भएका ९१९ मध्ये ७४४ जना विभिन्न अस्पतालका आइसोलेसन कक्ष तथा आइसोलेसन सेन्टरमा उपचाररत छन् । त्यस्तै ८५ जना डिस्चार्ज भएका छन्। बाँकि संक्रमित अझै पनि क्वारेन्टाइनमै रहेका छन्।

प्रतिकृया दिनुहोस