सोती घटनामा संलग्नलाई कार्बाहीमा कसैले प्रभाब पारे सह्य नहुने

जेठ १० गते रुकुम पश्चिमको सोती घटनामा दलीत समूदायको युवाहरु माथि भएको नरसंहार भएको भन्दै दोषिलाई हदैसम्मको कारर्बाहीको माग तुलसीपुरमा गरिएको छ । जातिय बिभेदका कारण हत्या गरिएका नवराज बिक लगायत ६ जनाको स्मृतीमा बिहीबार दलित नागरिक समाजले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागिहरुले नरसंहार गर्ने ब्यक्तिहरुलाई कारर्बाहीका क्रममा कुनैपनि शक्तिले प्रभाब पार्न नहुने बताएका छन् । ती दोषिलाई हदैसम्मको कार्बाही हुनुपर्छ उनीहरुको माग छ ।
समाजका संयोजक छवी परियारको अध्यक्षतामा १३ औ दिनमा गरिएको श्रद्धाञ्जली सभामा  तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य एबम दलित अगुवा देवराज बिश्वकर्मा,नेपाल राष्ट्रिय दलित  समाज कल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र बिश्वकर्मा,नेपाल दलित संघका केन्द्रिय सचिब देवीका नेपाली, दलित मुक्ति संगठनका केन्द्रिय सदस्य राधिका परियार,नेपाल दलित संघका जिल्ला अध्यक्ष बाबुराम बिश्वकर्मा,दलित अधिकार तथा सञ्चार अभियान नेपालका अध्यक्ष निर्मल नेपाली,तुलसीपुर उपमहानगरपालिकाका सदस्य युवा करारा र न्यायीक समितिका सदस्य यमुना परियारले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुभयो ।
बिश्वकर्मा समाजका किरण बिश्वकर्मा,नेपाल कपडा तथा सिलाई ब्यबसायि संघ प्रदेश ५ का अध्यक्ष सुरेन्द्र परियार,नेपाल बिद्यार्थी संघका जिल्ला सहसचिब जितेन्द्रप्रकास वली,दलित बिद्यार्थी संघका उपाध्यक्ष खेमराज सेन्चुरी,दलित अगुवाहरु घनश्याम शेपाईली,चेतबहादुर शेपाईली,ईश्वरी सुनार,मेघराज सोनी,साझेदारी किास मञ्चका खेमराज बिश्वकर्मा,दलित सेवा संघका लिला बिक लगायतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण समाजका सचिब पोषण सेन्ुचुरीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस