छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १३ बर्ष पुग्दा पनि बिभेद : दलित समूदाय

जातिय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १३ बर्ष पुगि सक्दा पनि तल्लो र उपलल्लो जातको बिभेद हुनु दुर्भाग्यपूर्ण भएको दलित समूदायहरुले बताएका छन् । जातिय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा बुधबार तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा दलित समूदायका ब्यक्तिहरुले छुवाछुतले समाजमा जरो गाडेको बताएका छन् । मानिस मानिस बिच हुने बिभेदले समूदायमा हत्या,हिंसा,दुब्र्यहार जस्ता घटनाहरु बारम्बार हुने गरेको उनीहरुले बताएका छन् । 

२०६५ साल जेष्ठ २१ गते नेपाल जातीय छुवाछ्र्र्रूत राष्ट्र घोषणा भएतापनि कार्यान्वयन भने प्रभाबकारी रुपमा हुन नसकेको गुनासो उनीहरुले गरेका छन् । दलित युवा समूह दाङले आयोजना गरेको कार्यक्रममा देवकी नेपाली,निर्मल नेपाली,चेतबहादुर सेर्पाइली,घनश्याम सेपाईली,ईश्वरी सुनार,निर्मला गुप्ता,नारायण परियार लगायतले जातिय छुवाछ्र्रूतका कारण रुकम पश्चिमको सोती घटना भएको बताउनुभयो ।

उपल्लो र तल्लो जातको बिभेदका कारण ४ जना दलीत युवाहरुको हत्या हुने गरि मानव नरसंहार भएको उहाँहरुले बताउनुभयो । उहाहरुले भन्नुभयो,यो दिवस यसवर्ष सोती घटनाको बिरुद्ध मनाउनु परेको छ । मेघराज सोनीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सहजिकरण प्रकाश सेपाईलीले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस