तुलसीपुरका पत्रकारसित डिएसपी सिंहको छलफल

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक (डीएसपी) शिबबहादुर सिंहले बाँके संगै जोडिएको दांगले कोरोना भाइरसको संक्रमण हुन नदिन विषेश सजगता अपनाउन आबश्यक रहेको बताएका छन् । भर्खरै मात्र सरुवा भएर इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारी सम्हालेका उनले समाजमा शान्ति शुरक्षाको अनुभूतिका लागि प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड दिए । 

तुलसीपुर क्षेत्रका सञ्चारकर्मीहरुसित आज आफ्नै कार्यकक्षमा गरिएको संक्षिप्त परिचयात्मक कार्यक्रममा उनले  प्रहरीको कार्यशैलीकै कारण नागरिकसितको सम्वन्धमा चिसोपना आउन नदिन प्रहरीले आफ्नो वोली व्यवहारमा समेत सुधार ल्याउन आवश्यक रहेको वताए ।  नागरिक सँग बोल्दा सभ्य र शालीन रूपमा प्रस्तुत हुन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएको डीएसपी सिंहले बताए   । नागरिक सँग बोल्दा हजुर भनेर मात्रै कुरा गर्न मातहतलाई निर्देशन दिएको डिएसपी सिंहले प्रष्ट्याए ।   यदि कुनै प्रहरीले नागरिकलाई तँ र तपाईं भनेको पाइए कार्वाही गर्ने समेत उनले बताए । 

प्रतिकृया दिनुहोस