बाँके दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुल्यो, चारजना दाङका वासिन्दा   

तुलसीपुर १९ जेठ । बाँकेको अगैया नजिक ठुरेको जंगलमा आइतवार राती भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका १२ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा दाङ का चारजना रहेका छन् ।  दुघटनामा ज्यान गुमाउनेहरुमा दाङ राजपुर ६ राम कुमार पुन, दाङ शान्तिनगर गाउ पालिका ३ का     पुर्ण बहादुर पुन, सोहि ठाउकी सीता पुन र  हिमान्सु थापा रहेका छन् । सो दुर्घटनामा ज्यान गुमाउने निम बहादुर ओली र नरेन्द्र बिकको ठेगाना खुलेको छैन भने रोल्पा रुन्टीगढी ६ होलेरीका मोहनचन्द्र बिक, बुद्धिराम बिक, रोल्पा थवाङ ३ का भिम बहादुर बिक, दैलेख गुराँस गाउँपालिका ४ का गाडि चालक दानबहादुर खड्का, सुर्खेत विरेन्द्र ३ तातापानीका सहचालक पवन भण्डारी, सोही ठाउँका रितेश कार्की रहेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । 

त्यसैगरी दुर्घटनामा परि गम्भिर घाईते हुनेमा सल्यान सिद्वकुमाख ५ का १८ बर्षीय देवेन्द्र खड्का, सोही ठाउँका १७ बर्षीय ज्ञान बहादुर बोहरा, सल्यान सारदा नगरपालिका ६ का २६ बर्षीय टिका चलाउने, दाङ सैघाका देउविर बिक, सोही ठाउँ दुईखोलीका २६ बर्षीय शिव भण्डारी, सल्यान सिद्वकुमाख ४ तेज बहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट सल्यानतर्फ आँदै गरेको गाडी करिब आइतवार राती १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो । घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । गाडीमा ३३ जना सवार थिए
 

प्रतिकृया दिनुहोस