बाँकेमा भएको गाडि दुर्घटनामा १२ जनाको मृत्यू, २१ जना घाइते 


तुलसीपुर, १९ जेठ । भारतबाट फर्किएका नेपाली बोकेर नेपालगन्जबाट सल्यान जाँदै गरेको बस बिग्रेर रोकिएको ट्रकमा ठोक्किदाँ  १२ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार घटनामा १२ जनाको ज्यान गएको हो । मृतकमा ११ पुरूष र एक महिला रहेका छन् । घटनामा २१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । ११ जनको घटनास्थलमै र एक जनाको अस्पतालमा पुर्यापछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडिमा ३३ जना सवार रहेको थिए । घटना आइतवार सवा १२ बजे बाँकेको ठूरि जंगल नजिकै भएको हो । सडकमा बिग्रिएर रोकिएको ना ४ ख ९०६४ नम्बरको  ट्रकमा बा५ख ५९९५ फोर्स गाडी ठोक्किएको थियो । मृतकहरूको सनाखत हुन सकेको छैन । मृतक र घाइते सबैलाई राति नै भेरी अस्पतालमा पुर्याइएको छ ।
 

प्रतिकृया दिनुहोस