दाङमा थप ५ जनामा कोरोना पुष्टि हुदा २५ पुगे

दाङमा थप पाँचजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । अब कोरोना पोजेटिभको संख्या २५ जना पुगेको छ । तर एक जना निको भएर फर्की सकेका छन । शुक्रबार पिसिआरको परिक्षणमा दाङको बंगलाचुली गाउँपालिकाका ४ जना र बबई गाउँपालिकाका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएकाहरुमा बबई गाउँपालिका–६ हापुरेका ३० वर्षिय १ जना, बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षिय, वडा नम्बर १ का २७, २८ र ३३ वर्षका व्यक्तिहरुमा कोरोना संक्रमण भएको पाइएको छ ।

भुलीडाँडा क्वारेन्टाइनमा बस्ने १ जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने ३ जना रहेको गाउँपालिकाले जनाएको छ । बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन बसेकाहरु रहेका छन् । उनीहरु सबै भारतबाट आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस