बितेको २४ घण्टामा दाङका थप २ सहित १२१२ जना संक्रमित

दाङको गढवाका २ जना गरि पछिल्लो २४ घण्टामा १ सय ७० जना कोराना संक्रमित पुष्टि भएको छ ।
अव ५२ जिल्लामा संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलन मार्फत जानकारी दिनुहुर्दै प्रक्बता डाक्टर बिकास देवकोटाले संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको जानकारी दिनुभयो । 
मृत्यु हुनेको संख्या ६ पुगेको छ । जेठ १० गते भारतबाट आएका अर्घाखाचीका पुरुषको मृत्युभएको हो ।
प्रदेश नम्वर १ मा १ सय ५७,प्रदेश नम्वर २ मा ४ सय ९०,बाग्मती प्रदेशमा ४४ जना,गण्डकी प्रदेशमा २०,प्रदेश नम्वर ५ मा ४ सय ३३,कर्णाली प्रदेशमा ४७ र सुदुरपश्चिम प्रदेशमा २१ ज्नामा कोरोना पुष्टि भएको डाक्टर देवकोटाले जानकारी दिनुभयो ।
         
                            कोरोनालाई जितेर ८ जना बेल्झुण्डीबाट फर्किए 
कोरोना बिशेष अस्पताल बेल्झुण्डी दाङमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर ८ जना बिरामी घर फर्किएका छन् ।
शुक्रबार कोरोना बिशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सन्चो भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । 
बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्कनुभएको हो ।
निको भएर घर फर्किनेहरु १८ बर्षदेखि ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । 
शुक्रबार अस्पतालले उहाँहरुलाई फूलका गुच्छा दिएर बिदाई गरेको हो । अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भैरहेको छ । 
कोरोना विशेष अस्पतालमा पहिलो पटक अन्य जिल्लाबाट सङ्क्रमित ल्याउदा शान्तिनगर गाउँपालिकाले बिरामी नल्याउन विज्ञप्ति मार्फत विरोध जनाएको थियो । 
यद्यपि स्थानीयहरुले भने बिरामी ल्याएर उपचार गर्नुपर्ने अडान राखेका थिए ।
 

प्रतिकृया दिनुहोस