ताजा खबर :

समाचार

    टरीगाँउ बिमान स्थल सञ्चालन । पुष्पगुच्छा र बाजागाजा

    दाङ,२३ पुस
     
    नियमीत सञ्चालनको चर्चामा आउने गरेको टरीगाँउ विमान स्थलमा समीट बिमानले उडान भरेको छ । १६ जना यात्रु लिएर आज आईतबार दिउँसो १ बजेतिर समीट विमान टरीगाँउ विमान स्थलमा अवतरण गरेको हो । उपप्रधानमन्त्री कृष्णबहादुर महरा,नेकपा एमालेका नेता प्रकास ज्वाला,प्रतिनिधि सभासदस्य हिराचन्द्र केसी ,तुलसीपुर उपमहानगरपालीकाका मेयर घनश्याम पाण्डे लगायत उक्त विमानबाट दाङ आउनुभएको छ । एरपोर्टमा विमान अवतरण हुने जानकारी पाएपछि हातमा पुष्प गुष्छा लिई ठुलो सख्यामा नागरिकहरु मध्यान्ह् १२ बजे अघि नै पुगि सकेका थिए । विमानबाट अवतरण लगतै औपचारीक कार्यक्रम गरिएको थियो । पुन ः नियमित सञ्चालन भए दाङ,सल्यान,रोल्पा,प्यूठान र बाँकेको पूर्वी क्षेत्रमा बस्ने नागरिकहरु लाभाबिन्त हुने छन् ।टरीगाँउ विमान स्थलबाट नियमतीत उडान नभर्दा बाँकेको राझा बिमान स्थल वा रुपन्देहीको भैरहवा विमान स्थल पुग्नुपर्ने बाध्यता छ ।यसैगरी विमानले काठमाडौबाट आउँदा १६ यात्रु ल्याउने छ भने दाङबाट जादाँ १८ यात्रु लैजाने छ । इन्धन डिपो स्थापना नहुदा सम्म नेपालगंज बाट ट्याङकरमा तेल ल्याएर विमान सेवा सञ्चालन गरिने तुलसिपुर उपमहानगरपालिकाले जनाएको छ । 
    दाङदेखि काठमान्डौंका लागि प्रतिव्यक्ति ६ हजार ८ सय भाडादर निर्धारण गरिएको छ भने काठमान्डौंवाट दाङका लागि ७ हजार २ सय भाडादर निर्धारण गरिएको छ । यस तुलसीपुर उद्योग बाणिज्यले दुई पटक विमान सञ्चानलका लागि समन्वयकारी भूमिका खेलेको थियो । उसले नियमीत विमान सञ्चालनका लागि सहयोग पुग्ने गरि हवाई मैदानमा कालोपत्रे समेत गराएको छ । तर हवाई मैदान अपुग र आयाल निगम डिपो लगायतका प्राबिधिक कारणले विमान सञ्चालनले निरन्तरता पाउन सकेको छैन । दाङलाई प्रादेशिक राजधानी बन्ने चर्चा चलि रहदा २०११ सालामा समाजसेवी झग्गुप्रसाद शर्माको पहलमा तत्कालीन शाहि नेपाल बायुसेवा निगमको विमाने टरीगाँउ एरपोर्टमा सञ्चानलमा आएको थियो । सोही अबसरमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले दाङ राजधानी हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । चर्चा बाहिरको पनि गरिएको छ,बिरोधका आवाज सुनिन्छन् उहाले भन्नुभयो,त्यो कुण्ठाका आवाज हुन । अव दाङलाई प्रदेश राजधानी हुनबाट कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ । समीट एयरको नियमती उडानका लागि टरीगाँउ एरपोर्टमा आज आईतबार उर्लोनुभएका नेकपा माओबादी केन्द्रका नेता,उपप्रधानमन्त्री महराले दाङलाई प्रादेशीक राजधानी बन्न नदिन केही चलखेल भएका तर राजनीतिक रुपमा दवाव दिई रहेको बताउनुभयो । शिर्ष तहका नेताहरुलाई समेत राजधानी दाङ हुनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,बिरोधका आवाजका कारण बाहिर भन्न नसकेको मात्र हो,उहाले भन्नुभयो । तर दाङ राजधानी बन्ने सन्र्दभमा भालुवाङदेखि पश्चिमको गंगटे सम्म कुनैपनि स्थानमा हुन सक्ने बताउनुभयो । उहाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चासो भईरहेको छ । उहाले बाम गठबन्धन नचाहनेहरुले सक्रिय भएको जानकारी दिनुभयो । तथापी दुई पार्टी एमाले र माओबादी केन्द्र बिचको एकतालाई कसैले रोक्न नसक्ने बताउनुभयो । उहाले ३ हप्ता भित्र नँया सरकार गठन हुने समेत जानकारी दिनुभयो । संबैधानीक अड्चनका कारण ढिलाई भएको बताउनुभयो । अर्को प्रसङमा उहाले ६ महिनादेखि नेपाल बायुसेवा निगमको विमान नियमीत सञ्चालन हुने जानकारी दिनुभयो । २ महिना भित्र सरकारले नँया बिमान खरीद गर्दैछ,त्यसपछि तुलसीपुरमा नँया  बिमान सञ्चालनमा आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । तर त्यस अघि ईन्धनको ब्यबस्था मिलाउनुपर्छ,उहाले भन्नुभयो । त्यो काम पनि अगाढी बढाउने तयारी गरि सकेको जानकारी दिनुभयो । बिमानबाट टरीगाँउ एरपोर्टमा ओर्लनुभएका नेकपा एमालेका नेता प्रकाश ज्वाला,प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी र तुलसीपुर उपमहानगरपालीका मेयर घनश्याम पाण्डेले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उप महानगरपालीका वडा नम्वर १२ का वडा अध्यक्ष श्याम डाँगीले गर्नुभएको थियो ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal