समाचार

    दाङका ६१ जना सामाजीक परिचालकहरुको बिदा गर्ने सरकारको निर्णय

    दाङ,१९ पुस
     
    दाङका ६१ जना सामाजिक परिचालकहरु अब जागिरबाट विदा हुनुपर्ने भएको छ ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जुलाई २००८ बाट सञ्चालन गरेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपी समाप्त भएसँगै सामाजिक परिचालकहरुले विदा लिनुपर्ने भएको हो । दाङका तत्कालीन स्थानीय निकाय अन्तर्गत ३९ गाबिसमा एक एक जना,घोराहीमा ११ र तुलसीपुर नगरपालिकामा ११÷११ जना गरि ६१ जना कार्यरत थिए ।दाङमा ६१ जना सामाजीक परिचालकहरु लाई घर फर्कदै रहेका सामाजीक परिचालन हक हित संरक्षण समितिका जिल्ला संयोजक बिमल योगीले जानकारी दिनुभयो । कार्यक्रम समाप्त भएपछि सामाजिक रुपान्तरण, स्थानीय सुशासन तथा स्थानीय सेवा सुदृढिकरणमा काम गरिरहेका करिब ५ हजार सामाजिक परिचालकहरु बेरोजगार हुने भएका हुन् ।
    स्थानीय निकायमा जनप्रतिनिधि नभएकोले मन्त्रालयले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
    स्थानीय तहमा जनप्रतिनिधि आइसकेका कारण यही पुस १३ गतेको राज्यमन्त्री स्तरीय निर्णय अनुसार यही पुस १७ गतेबाट कार्यक्रम समाप्त भएको हो ।यसैबिच एलजीसीडीपी फेजआउट भएपछि आफूहरुको रोजिरोटी नै खोसिएको भन्दै समाजिक परिचालकहरुले भने देशैभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले योग्यताको आधारमा स्थानीय तहमा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।
    त्यसमा पनि उमेरहद नलाग्नेगरी समायोजन गर्नुपर्ने माग उनीहरुको छ ।उनीहरुले सरकारले आफूहरुको योगदानको अवमूल्यन गरेको आरोप समेत लगाएका छन् । काम परेको बेला सामाजिक परिचालक नभइ नहुने तर काम पूरा भए पछि बेवास्ता गर्ने गरिएको गुनासो उनीहरुको छ । ८ वर्षदेखि संगठित रुपमा सामाजिक परिचालकहरुले रोजिरोटिको लागि सरकारका सम्बन्धित निकाय र प्रधानमन्त्री कार्यालयमा समेत मागका बारेमा जानकारी गराउँदा समेत एक्कासी रोजगारी खोस्ने काम भएको आरोप नेपाल सामाजिक परिचालक कर्मचारी संघकी अध्यक्ष सारिका राईले   लगाउनुभयो । संविधान कार्यान्वयनको क्रममा रहेको अवस्थामा आफ्ना नागरिकलाई बेरोजगार बनाउने कार्य निन्दनीय भएको बताउनुभयो । मन्त्रालयले स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा ९२० ले दिएको अधिकारको प्रयोग गरी नेपाल सरकारबाट सामाजिक परिचालन कार्यविधि २०७१ जारी गरेर कार्यविधिको व्यवस्था अनुसार स्थानीय सेवा प्रदायक संस्था छनौट गरी संस्था मार्फत हरेक गाउँपालिका र नगरहरुको हरेक वडामा एकरएक जना सामाजिक परिचालकहरु नियुक्त गरेको थियो । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal