हाल सम्म १२४२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएको छ ।
गत माघ महिनामा एक जना ब्यक्तिमा कोरोना भाईरस संक्रमित भएको नेपालमा जेठको दोस्रो सातामा पुग्दा १ हजार बढी पुष्टि भएको छ । 
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रबक्ता बिकास देवकोटाले ९ सय ४० पुरुष र १ सय २ जना महिला गरि १ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि   गर्नुभयो । 
उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।
५१ जिल्लाका मानिसमा संक्रमण भएको छ । सबैभन्दा बढि प्रदेश नम्वर २ का ८ जिल्लामा ४ सय १५ जनामा पुष्टि भएको छ । दोस्रोमा प्रदेश नम्वर ५ का ९ जिल्लामा ३ सय ७०, प्रदेश नम्वर १ का ८ जिल्लामा १ सय २९,बाग्मती प्रदेशका १२ जिल्लामा ४४,गण्डकी प्रदेशका ४ जिल्लामा १७,कर्णाली प्रदेशका ३ जिल्लामा ४७ र सुदुरपश्चिम प्रदेशका ७ जिल्लामा २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
                     
                                १६६ आईसोलेसन बेडमा ४० जनाको उपचार 
कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा ४० जना कोरोना पोजेटिभ मानिसलाई भर्ना गरि उपचार  शुरु गरिएको छ । दाङमा १ सय ६६ वेडको आईसोलेसन कक्ष छ ।
बुधबार पुष्टि भएका घोराहीमा ७ र लमहीमा ८ गरि १५ जनालाई भर्ना गरिएको छ ।
यो संगै दाङका १८, बाँकेका ८ , कपिलबस्तुका ६, बर्दियाका ५ र रुपन्देहीका तीन जनाको उपचार भइरहेको छ ।
ति मध्ये बाँकेका तीन,कपिलबस्तुका चार र दाङका एक जनाको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ । दोस्रो चरणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिनेछ ।
बेलझुण्डी अस्पतालका व्यबस्थापक तथा हेल्थ असिष्टेन्ट दोर्ण वलीका अनुसार स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनमा रहेका उनीहरुलाई कोरोना पुष्टि भएसंगै अस्पतालमा ल्याईएको हो । 
यसैबिच,कोरोना भाईरस संक्रमणको सर्तकता स्वरुप दाङमा क्वारेन्टाईन निर्माण कार्य जारि रहेको छ । छिमेकी मुलुक भारत गएका ठुलो संख्यामा जिल्ला फर्कन थालेपछि उनीहरुलाई क्वारेन्टाईनमा राखि चेकजाँच गर्ने र घर फर्काउने कामलाई तिब्रता दिएको हो ।
जिल्ला बिपत ब्यबस्थापन समितिका अनुसार बिहिबार सम्म दाङका बिभिन्न पालिकामा गरि ६ हजार ४८ वटा क्वारेन्टाईन निर्माण गरिएको छ । ती क्वारेन्टाईनमा ३ हजार ६ सय २८ जनालाई राखिएको छ । 

प्रतिकृया दिनुहोस