करेन्ट लागेर एकको मृत्यु,खसेको ५ रुपैया उठाउन खोज्दा महिला घाईते

राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया दाङका २० वर्षिय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङका अनुसार गोर्बद्धन पुजामा बाँधिने तोरनका लागि आबश्यक पर्ने बाँस काट्ने क्रममा हाईटेनशन तारले छुदा चौधरीलाई करेन्ट लागेको थियो । यता अटो रिक्सामा सवार महिलाको ५ रुपैया खेसपछि रिक्साबाट कुद्दा गम्भीर घाईते भएकी छन् । पूर्वपश्चिम राजमार्ग अर्जुनखोला पुल नजिकै रा १ ह १७९८ नम्बरको अटोरिक्सामा सवार ति महिलाको हातबाट ५ रुपैया खसेपछि हाम फाल्दा गम्भीर घाइते हुनु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो । घाईतेको टाउकोमा चोट लागेको छ । घाईतेको उपचार लमहीको फलोरेन्स् अस्पतालमा भैरहेको छ ।।
 

प्रतिकृया दिनुहोस