शारिरीक सु–गठनको अध्यक्षमा श्रेष्ठ

दाङ,११ जेष्ठ

शारिरीक सु–गठनमा आवद्ध खेलाडीहरुको दोस्रो साधारण सभाले  शारिरीक सु–गठन तथा फिट्नेश संघको अध्यक्षमा आशिषकुमार श्रेष्ठ चयन गरेको छ ।तुलसीपुरमा २,घोराहीमा २ र लमहीमा १ गरि जिल्लामा ५ वटा जिम क्लवहरुमा झण्डै ५ सय बढी शारिरीक सु–गठनमा आवद्ध खेलाडिहरु  छन् ।ती जिम क्लवको छाता संगठनको रुपमा फिटेनश संघ गठन गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारि दिए । नवनिर्वाचित अध्यक्षले २०५१ सालदेखि सञ्चालनमा ल्याएको फ्रेण्डस् जिम क्लवले २०६० सालमा भएको ६ औ राष्ट्रिय खेलुकदमा भाग लिएको थियो । जसमा नारायण चौधरीले ७० केजीमा भाग लिएका थिए । उनी तेस्रो स्थान हासिल गरेका थिए । २०७१ सालमा भैरवमा भएको मिस्टर नेपालमा क्लवका भाग लिएका मोतिराम सिजापति ५ औ स्थान हुन सफल भएका थिए । तुलसीपुरमा हिजो बिहीबार सम्पन्न खेलाडी,प्रशिक्षक,नेपाल राष्ट्रिय सु–गठनका केन्द्रिय प्रतिनिधि तथा फिट्नेक सेन्टरका पदाधिकारीहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । क्लवको वरिष्ठ उपाध्यक्षमा खीमबहादुर घर्ती,उपाध्यक्षमा तिलकबहादुर रावत,सचिबमा गोपाल रोकाय र कोषाध्यक्षमा दिपेन्द्र रिजाललाई चयन भएका छन् । त्यस्तै सदस्यमा डम्वर बि.सी.मधुबिक्रम थापा,अनिल बुढा मगर,सन्तोष चन्द,खुमबहादुर चौधरी र बसन्त वलीलाई भेलाले चयन गरेको छ ।त्यस्तै बरिष्ठ सल्लाहकारमा श्याम घले,सल्लाहकारमा बालकृष्ण श्रेष्ठ,बिमल रिजाल र ललीत घर्तीलाई क्लवले चयन गरेको छ ।साधारण सभा सम्पन्न गर्न केन्द्रिय प्रतिनिधि लक्ष्मण केसी दाङ आएका थिए । नँया कार्यसमितिको कार्यकाल ४ बर्ष हुने प्रशिक्षक एबम नवनिर्वाचित अध्यक्ष आशिषकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस