अस्ताय आस्थाका धरोहर

तुलसीपुर, १४ फागुन । 

स्वतन्त्रता सेनानी तथा शिक्षा प्रेमी दांग निवासी ईश्वरीप्रसाद उपाध्यायको ९३ वर्षको उमेरमा सोमवार निधन भएको छ ।

साविकको डुरुवा गाविस गोठूवा हाल तुलसीपुर उपमहानगरपालिका १२ कचिला निवासि उपाध्याय काँग्रेसका पुराना निष्ठावान नेता हुनुहुन्छ ।

वि.सं.१९८१ मा जन्मीएका उपाध्यायले पंचायतकालमा १८ वर्ष सम्म साविक उरहरि गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो ।  तत्कालिन शासकले काँग्रेस भएकै कारण उपाध्यायलाई वारम्वार अराष्ट्रिय तत्व भन्दै निशाना वनाउने गरेको थियो । तरपनि काँग्रेसप्रतिको निष्ठामा स्वर्गीय उपाध्याय आज पर्यन्त विचलित हुनुभएन ।

वन्गाउ स्थित माध्यामिक विद्यालयलाई १८ विगाहा जग्गा दान गरेर त्यसभेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएका उपाध्यायले मावि उरहरिको स्थापना तथा वालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो । 

वि.सं. २०१७ सालको जिल्ला अधिवेशनमा काँग्रेसको जिल्ला सभापतिका प्रत्यासी उपाध्यायलाई काँग्रेसका नेताहरु खुमवहादुर खड्का, वलदेवशर्मा मज्गैया, दीपक गिरी, रामकुमार शर्मा र शंकर गिरी लगाएतले राजनीतिक गुरुकै रुपमा हेर्नुहुन्थ्यो ।

काँग्रेस भित्र त्यागि र निष्ठावान पाका नेताका रुपमा रहनु भएका उपाध्यायका चार छोरा र एक छोरी हुनुहुन्छ ।

उतिवेला विपी कोइरालाका प्रियपात्र वलभद्र गिरीको सामिप्यमा काँग्रेसको संगठनात्मक विस्तारका लागि भूमिका खेल्नुभएका इश्वरीप्रसाद उपाध्याय पछिल्लो अवस्थामा काँग्रेसको पराजय पछि चिन्तीत हुनुहुन्थ्यो । 

सिद्धान्ततः काँग्रेस आम जनताको प्रिय राजनीतिक दलका रुपमा स्थापित रहेपनि सिमीत व्यक्तिको व्यक्तिगत लोभलालच, तथा नातावाद कृपावादका कारण विकृत बनेकोमा उहाँको चिन्ता थियो । उपाध्यायको मंगलवार विहान सितलपुरस्थित घाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यहरुले जनाएका छन् ।

यसैवीच उपाध्यायको निधनप्रति दांग काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । शोक विज्ञप्ती जारी गरि काँग्रेसले एक निष्ठावान धरोहर गुमाएको भन्दै उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।  

पूर्वमन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य दीपक गिरीले एक शोक विज्ञप्ती मार्फत उपाध्यायको निधनमा गहिरो दुख व्यक्त गर्दै काँग्रेसले असल अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ । यसैगरि काँग्रेस राष्ट्रिय सभासदस्य नेता अनिता देवकोटा, प्रदेशसभा सदस्य डिल्लीवहादुर चौधरी, राजु खनाल लगाएतले शोक विज्ञप्ती मार्फत गहिरो शोक व्यक्त गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस